काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्यमा शनिबार कै बजार मूल्य कायम रहेको हो ।
महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment