काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख नौं हजार पाँच सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख नौं हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment