Below Menu
Below Menu

सुनको मूल्य प्रतितोला एक सय घट्यो, चाँदी स्थिर 

सुनको मूल्य प्रतितोला एक सय घट्यो, चाँदी स्थिर 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ ।

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Advertisment