काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से १३.४६ अंकले घटेर १९०७.७८ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ३५.६७ अंकले घटेर १९२१.२४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ६६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा एक अर्ब १७ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा एक अर्ब ८० करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नबिल बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज तीन करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्नेमा सयपत्री हाइड्रोपावर कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले बढेको हो । आज बाराही हाइड्रोपावरर हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment