काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख आठ हजार छ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment