Below Menu
Below Menu

उच्च अंकले घट्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार 

उच्च अंकले घट्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से ३५.६७ अंकले घटेर १९२१.२४ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ११.०४ अंकले घटेर १९५६.९२ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १६ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार आएको छ ।  आज बजारमा एक अर्ब ८० करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा एक अर्ब १० करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज शिवम् सिमेन्टको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक शेयरमूल्य बढ्नेमा बाराही हाइड्रोपावर र सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ फण्ड कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको हो । आज हिमालयन लघुवित्त वित्तीय संस्था गरिमा डिबेञ्चरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 


 

Advertisment