Below Menu
Below Menu

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७ हजार छ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख सात हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Advertisment