काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला चार सय रुपैयाँले बढेको सुन र चाँदीको मूल्य आज स्थिर रहेको हो ।
महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७ हजार तीन सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment