काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से ११.०४ अंकले घटेर १९५६.९२ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ९.२४ अंकले बढेर १९६७.९७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ४८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा एक अर्ब १० करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब १८ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज चार करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्नेमा बाराही हाइड्रोपावर कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको हो । आज इन्फिनिटी घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा ९ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment