Below Menu
Below Menu

‘अन अराइभल भिसा’ सुविधा दिन इन्डोनेसिया सरकारलाई अनुरोध

‘अन अराइभल भिसा’ सुविधा दिन इन्डोनेसिया सरकारलाई अनुरोध

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाली पर्यटकलाई दिइँदै आएको ‘अन अराइभल भिसा’ सुविधा पुनः प्रदान गर्न इन्डोनेसिया सरकारलाई अनुरोध गरेको छ । 

नेपालका लागि इन्डोनेसियाका गैरआवासीय राजदूत हेरु हार्तान्तोसँग बुधबार भएको भेटमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीका बेला स्थगन गरिएको अन अराइभल भिसा अब पुनः जारी गर्ने व्यवस्थाका निम्ति अनुरोध गर्नुभएको महासङ्घले एक विज्ञप्ति निकालेर बताएको छ । 

राजदूत हार्तान्तोले अध्यक्ष ढाकालले गर्नुभएको अनुरोधप्रति सकारात्मक जवाफ दिँदै त्यससम्बन्धमा आफ्नो देशको सरकारसँग छलफल गर्ने बताए । नेपालको निर्यात प्रवद्र्धनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । 

नेपाल र गणतन्त्र इन्डोनेशियाबिच सुमधुर कुटनैतिक सम्बन्ध रहेको छ । दुई देशबिचको व्यापारिक सम्बन्ध पनि बढ्दो क्रममा रहेको छ । नेपालले कार्पेट, चिया तथा टेक्टटाइल जस्ता वस्तुहरु इन्डोनेशियामा निर्यात गर्छ भने इन्डोनेशियाबाट पाल्म आइल, मसिनरी र इलेक्ट्रोनिक्स सामग्रीहरु आयात गर्ने गर्छ ।

Advertisment