Below Menu
Below Menu

गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेका इन्जिनियर रानाभाट विरुद्ध मुद्दा दायर

गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेका इन्जिनियर रानाभाट विरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाट विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा मुृद्दा दायर गरेको हो ।

आयोगका अनुसार इन्जिनियर रानाभाटले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेको थियो । सोही आधारमा अनुसन्धान गर्दा रानाभाटले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको समय २०४६ हसार ३० गतेदेखि २०७९ कात्तिक ६ गतेसम्मको समग्र आय (आम्दानी) तथा ब्यय (खर्च तथा लगानी) को विश्लेषण गर्दा भ्रष्टाचार गरेको आयोगको ठहर छ । 

सो अवधिको दौरान उनले गरेको खर्च, लगानी तथा सम्पत्ति आर्जनमा  ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ ८० पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको आयोगको भनाई छ ।

साथै उनी र उनको परिवारले अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको¸ आफ्नो हैसियतभन्दा बढी रकम बराबरको आफ्नो र परिवारको नाममा बिभिन्न कम्पनीको  शेयर खरिद, जग्गा खरिद, अध्ययन खर्च, घर निर्माण तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा गरेको आयोगको दाबी छ ।

उनले सो बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि हुन भएको आयोगको भनाई छ । साथै रानाभाटले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै सोही रकम बराबरको मागदाबी गर्दै आयोगले मुद्दा दायर गरेको हो । 

Advertisment