Below Menu
Below Menu

शेयर बजारमा सामान्य अंकको सुधार, कारोबार रकम भने बढ्न सकेन 

शेयर बजारमा सामान्य अंकको सुधार, कारोबार रकम भने बढ्न सकेन 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से ९.२४ अंकले बढेर १९६७.९७ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १७.५६ अंकले घटेर १९५८.७ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १७४ कम्पनीको शेयरमूल्य बढेको छ । भने ५२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा एक अर्ब १८ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एक अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक शेयरमूल्य बढ्नेमा मध्यभोटेकोशी जलविद्युत कम्पनी, बुद्धभुमी हाइड्रोपावर र इन्फिनिटी लघुवित्त वित्तीय संस्था रहेका छन् । यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा ६ प्रतिशत भन्दा बढीले घटेको छ । 

Advertisment