काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । केही दिनदेखि निरन्तर रुपमा ओरालो लागेको सुनको मूल्य आज बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ ।
महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment