काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से १७.५६ अंकले घटेर १९५८.७२ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ५.१९ अंकले बढेर १९७६.२९ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ४४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा एक अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा एक अर्ब ७३ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्नेमा समता घरेलु लघुवित्त वित्तीय संस्था र घलेम्दी हाइड्रोपाव रहेका छन् । यस कम्पनीको शेयरमूल्य ७ प्रतिशतले बढेको पुगेको हो । आज सामुदायिक लघुवित्त वित्तीय संस्था र सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ फण्ड २ को शेयरमूल्यमा ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment