काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ
महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक ६ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ .
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment