Below Menu
Below Menu

हिमाल आरोहणका लागि ४३६ ले अनुमति लिँदा चार करोड १० लाख रोयल्टी संकलन 

काठमाडौं : यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि ४३६ जनाले अनुमति लिएका छन् । यस वर्षको पर्वतारोहणको सिजन शुरुभएसँगै विभिन्न देशका पर्यटकहरुले हिमाल आरोहणका लागि अनुमति लिने पर्यटकको संख्या बढ्न थालेको हो । शरद ऋतुलाई पर्वतारोहणको सिजनका रुपमा पनि लिइन्छ ।

पर्यटन विभागका अनुसार यस याममा २६ वटा हिमाल आरोहणका लागि ५१ देशका ४३६ नागरिकले अनुमति लिएका हुन् । जसमा ३४२ पुरुष र (४ महिला रहेका छन् ।

विभागका अनुसार यस अवधिमा मनास्लु आरोहणका लागि सर्वाधिक  आरोहीहरुले अनुमति लिएका छन् । मनास्लु हिमाल विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यो सिजनमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन् ।

हिमाल आरोहणका लागि अनुमति लिएका ५६ टिमबाट चार करोड १० लाख १४ हजार ७९७ रुपैयाँ रोयल्टी संकलन भएको छ । जसमा मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका ३०१ जनाबाट तीन करोड ३९ लाख ३७ हजार ८२० रुपैयाँ रोयल्टी संकलन भएको हो ।

यस अवधिमा हिमाल आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा बढी चिनियाँ नागरिक रहेका छन् । चीनका ४९ नागरिकले यो सिजनमा हिमाल आरोहणका लागि अनुमति लिएका हुन् । त्यसैगरी, रसियाका २८, भारतका २१, क्यानडाका १३ फ्रान्सका २२, स्वीजरल्याण्डका १२, बेलायतका १९ र अमेरिकाका २७ लगायत अन्य देशका नागरिकहरु रहेका छन् ।

Advertisment