Below Menu
Below Menu

नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकममा भने गिरावट

नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकममा भने गिरावट

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से ५.१९ अंकले बढेर १९७६.२९ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ३३.२० अंकले घटेर १९७१.१० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १६३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि पनि कारोबार रकममा भने गिरावट आएको सुधार आएको छ । आज बजारमा एक अर्ब ७३ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा एक अर्ब ८३ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज एनआईसी एशिया बैंक सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २१ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक शेयरमूल्य बढ्नेमा सिवासी नेपाल लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर र सामुदायिक लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज पिपुल्स हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको शेयरमूल्यमा ५ प्रतिशत भन्दा बढीले घटेको छ । 

Advertisment