Below Menu
Below Menu

सुनको मूल्य प्रतितोला एक लाख सात हजारमा झर्यो 

सुनको मूल्य प्रतितोला एक लाख सात हजारमा झर्यो 

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख सात हजार नौं सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Advertisment