Below Menu
Below Menu

मनकामना केबलकार बिहिबारसम्म बन्द हुने 

मनकामना केबलकार बिहिबारसम्म बन्द हुने 

काठमाडौं : मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । यहि असोज १७ गते बुधबार र १८ गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।  नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो ।

केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्‍टुरेण्ट भने नियमित सञ्चालन रहने छ  । केबलकारको  नियमित सेवा २०८० असोज १९ गते शुक्रबार देखि पुनः सञ्चालनमा आउने छ ।   
 

Advertisment

थप समाचार