Below Menu
Below Menu

शेयर बजारमा उच्च अंकको पहिरो, दश कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट 

शेयर बजारमा उच्च अंकको पहिरो, दश कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट 

काठमाडौं :साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से ३३.२० अंकले घटेर १९७१.१० बिन्दुमा पुगेको हो । बुधबार नेप्से १८.६० अंकले घटेर २००४.३० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १० कम्पनीको शेयरमूल्य बढेको छ । भने २२० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । आज बजारमा एक अर्ब ८३ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब ८१ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १४ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक शेयरमूल्य बढ्नेमा सयपत्री हाइड्रोपावर, कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । आज दश कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 

सनराइज फर्स्ट म्युचुअल फण्ड, स्वाभिमान लघुवित्त, अपर हेवाखोला हाइड्रोपावर, एशियन हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, सिटिजन लाइफ इन्स्योरेन्स, मन्दाकिनी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, मेन्छीयाम हाइड्रोपावर र अपर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Advertisment

थप समाचार