Below Menu
Below Menu

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, एकैदिन १४ सयले घट्यो 

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, एकैदिन १४ सयले घट्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

Advertisment

थप समाचार