Below Menu
Below Menu

हिमालय लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने 

हिमालय लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने 

काठमाडौं : हिमालय लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क(ब्याज÷जरिवाना) मा छुट दिने भएको छ । कम्पनीले साविकको प्राइम, युनियन र गुराँस लाईफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराईे व्यतित भएका बीमालेखहरुमा छुट दिने भएको हो ।

इन्स्यारेन्सले उक्त बीमालेखहरुमा असोज १० गतेदेखि २६ गतेसम्ममा नविकरण÷पुनर्जागरण गर्दा विभिन्न शर्तहरुको अधिनमा रही बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको हो ।

कम्पनीका अनुसार ३ वर्ष सम्मका व्यतित बीमालेखमा शतप्रतिशत, ३ वर्ष भन्दा माथिदेखि ७ वर्षसम्मका व्यतित बीमालेखमा ५० प्रतिशत र ७ वर्ष माथिदेखि जतिसुकै अवधिको व्यतित बीमालेखमा २५ प्रतिशत छुट दिने भएको हो ।

उल्लेखित व्यतित बीमालेख पूनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एकपटक मात्र प्रदान गरिने छ । यसका साथै कम्पनीबाट ब्याज÷जरिवाना छुट सुविधाको उपयोग गरी नविकरण गराईएका बीमालेखहरु बीमालेख बीमालेख नविकरण भएको मितिले दुई वर्षभित्र बीमित तथा प्रस्तावकहरुले नियमानुसार सरेन्डर गर्न चाहेमा बीमालेख नविकरण गर्दा छुट प्रदान गरिएको ब्याज/जरिवाना वापतको रकम कम्पनीबाट कट्टा गरिने कम्पनीले जनाएको छ ।

ब्यतित भएको बीमालेख जोखिम बहन नगर्ने हुँदा समयमानै आफ्नो नविकरण बीमाशुल्क भुक्तानी गरी ब्याज र जरिवाना छुटको लाभ लिनुका साथै बीमालेख अनुरुपको जोखिम बहन हुने व्यवस्था गरी ढुक्क हुन समेत कम्पनीले आग्रह गरेको छ । 
 

Advertisment

थप समाचार