काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से १८.४५ अंकले बढेर २०२२.९१ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ५.८९ अंकले घटेर २००४.४५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १९० कम्पनीको शेयरमूल्य बढेको छ । भने ३९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज बजारमा दुई अर्ब ९ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एनआईसी एशिया बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज आठ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्ने मेन्छीयाम हाइड्रोपावर, शुभम पावर, घलेम्दी हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, मोलुङ हाइड्रोपावर कम्पनी र स्वाभिमान लघुवित्त वित्तीय संस्था रहेका छन् । यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज हिमालयन लघुवित्त वित्तीय संस्थार थ्री स्टार हाइड्रोपावर शेयरमूल्यमा ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment