काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से १९.४२ अंकले घटेर २०१०.३५ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ४४.३४ अंकले बढेर २०२९.७८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ६२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा दुई अर्ब ३२ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब २९ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज माछापुच्छ्रे बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १३ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्ने एशियन हाइड्रोपावर, स्वरोजगार लघुवित्त वित्तीय संस्था, हिमालयन लघुवित्त वित्तीय संस्था थ्री स्टार हाइड्रोपावर रहेका छन् । यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज शुभम पावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment