Below Menu
Below Menu

पर्यटक आगमनमा ८४.०८ प्रतिशतको वृद्धि, आठ महिनामा भित्रिए ६ लाख बढी 

पर्यटक आगमनमा ८४.०८ प्रतिशतको वृद्धि, आठ महिनामा भित्रिए ६ लाख बढी 

काठमाडौं : पछिल्लो समय नेपालमा पर्यटक आवागमनमा उल्लेख्य सुधार भएको देखिएको छ । विगतका वर्षहरुको तुलनामा यस वर्ष नेपाल आउने विदेशी पर्यटकको संख्यामा ८४.०८ प्रतिशतले बढेको पाइएको छ ।

पर्यटन बोर्डका अनुसार यस वर्षको आठ महिनामा हवाइ मार्ग हुँदै ६ लाख भन्दा बढी पर्यटकहरु नेपाल भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि अगस्टसम्म ६ लाख १ हजार ३६० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष नेपाल आउने पर्यटकको संख्यामा दोब्बरले वृद्धि भएको हो । गत वर्षको सोही अवधिमा जम्मा ३ लाख २६ हजार ६६७ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

कुन महिनामा कति भित्रिए ?

सन् २०२३ को सुरुवाती महिना जनवरीदेखि नै नेपालमा भित्रिने पर्यटकहरूको संख्या बढ्दो छ । यस अवधिमा भित्रिएका पर्यटकमध्ये मार्च महिनामा सर्वाधिक पर्यटक नेपाल भित्रिएका छन् भने जनवरीमा कम पर्यटक आएका थिए । मार्च महिनामा झण्डै एक लाख पर्यटक भित्रिएको विभागको तथ्यांकमा उल्लेख छ । यस अवधिमा ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका हुन् । 

त्यसैगरी, जनवरीमा ५५ हजार ७४ जना, फेब्रुअरीमा ७३ हजार २५६, अप्रिलमा ९८ हजार ७७४, मे महिनामा ७७ हजार ७०४, जुन महिनामा ७२ हजार २५०, जुलाईमा ५७ हजार ७२६ जना र अगस्टमा ६७ हजार १५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल आउने पर्यटकहरुमा धेरैजसो भारत, चीन, बंगलादेश, अमेरिका, श्रीलंका, बेलायत इटाली, जापान, अष्ट्रेलिया लगायत स्पेनका रहेका छन् । यस वर्षको अगस्ष्टमा भारतबाट सबैभन्दा बढी २६ हजार ६६५ जना पर्यटक नेपाल भित्रिएका छन ।

यसैगरी चीनबाट ५ हजार २७ जना, बंगलादेशबाट ३ हजार १९० जना, अमेरिकाबाट ४ हजार ६२९ जना , श्रीलंकाबाट ३ हजार ५५८ जना, बेलायतबाट २ हजार ७११ जना, इटालीबाट १ हजार ४९६ जना, जापानबाट १ हजार ५२० जना, अष्ट्रेलियाबाट १ हजार ३४७ जना र स्पेनबाट १ हजार ५८८ जना पर्यटक नेपाल भित्रिएका छन् ।
 

Advertisment

थप समाचार