काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेकोे हो । त्यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment