Below Menu
Below Menu

दोहोरो अंकले सुधारियो शेयर बजार, रिलायबल नेपाल लाइफकाे सर्वाधिक कारोबार 

दोहोरो अंकले सुधारियो शेयर बजार, रिलायबल नेपाल लाइफकाे सर्वाधिक कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले सुधारिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से १६.२४ अंकले बढेर १९८५.४३ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ४.२६ अंकले बढेर १९६९.१८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १८२ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज बजारमा एक अर्ब १७ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ८४ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १० करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । सर्वाधिक शेयरमूल्य बढ्नेमा सात कम्पनी रहेका छन् ।

शुभम पावर, थ्री स्टार हाइड्रोपावर, मेन्छीयाम हाइड्रोपावर, अभियान लघुवित्त वित्तीय संस्था, बलेफी हाइड्रोपावर, पिपुल्स हाइड्रो पावर र राप्ती हाइड्रो कम्पनी रहेको छ । यी कम्पनीको शेयरमूल्य शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य ८ प्रतिशत भन्दाबढीले घटेको छ । 
 

Advertisment

थप समाचार