Below Menu
Below Menu

देशभरका शिवालयमा भक्तजनको घुइँचो तस्वीरहरू (तस्वीरहरू)

देशभरका  शिवालयमा भक्तजनको घुइँचो तस्वीरहरू (तस्वीरहरू)

काठमाडौं : हरितालिक तीज पर्वका अवसरमा  पशुपतिनाथ मन्दिरलगायत देशभरका  शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।

तीज पर्वमा पशुपतिनाथ मन्दिरआउने भक्तजनका लागि बिहान ३ः०० बजे नै मन्दिरकोे चारैवटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण  महाशाखा प्रमुख एवं  सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा  लामको व्यवस्था गरिएको छ  । पशुपतिनाथ नित्य दर्शनार्थीलाई कोषल ६ः०० बजे अगाडि नै दर्शन गराइएको थियो । बिहान ६ः०० बजेपछि भने महिला बर्तालुलाई मात्र पशुपतिनाथ मूल मन्दिरमा प्रवेश दिइएको कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायका समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ  बिहानी समयमा भक्तजन लाममा बसेको आध घण्टामा दर्शन गरी फर्किएका छन् । पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क पानी वितरण, खोजतलास केन्द्रलगायत सेवाको पनि व्यवस्था गरिएको छ ।

आज काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर क्षेत्रलगायत साना–ठूला शिवालयमा भक्तजनको भीड लागेको छ ।

काठमाडौँ महानगरपालिका–१६, बालाजु गुम्बास्थित तारकेश्वरधामको शिव मन्दिरमा भगवान् शिवको पूजा आराधना गर्न आएका भक्तजन । तस्बिर: हरिराम भेटुवाल/रासस

 

हरितालिका ‘तीज’ पर्वका अवसरमा चितवनको भरतपुर महानगरपालिका–१० स्थित महाकालेश्वर शिव मन्दिरमा भगवान् शिवको पूजा आराधना गर्दै भक्तजन । तस्बिरः कृष्ण आचार्य/रासस

 

Advertisment