Below Menu
Below Menu

सीआईबीको निष्कर्ष: ब्रेक शु मार्फत ३०२ किलो सुन तस्करी

सीआईबीको निष्कर्ष: ब्रेक शु मार्फत ३०२ किलो सुन तस्करी

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ब्रेक शु मार्फत ३०२ किलो सुन तस्करी गरिएको निष्कर्ष निकालेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै सीआईबीले चिनियाँ समूहले ३०२ किलो तस्करी गरेको निष्कर्ष निकालेको हो ।

सुन तस्करी प्रकरणमा रेडि ट्रेडर्सको मुख्य संलग्नता रहेको सीआईबीले बताएको छ । सीआईबीले रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड बिगो कायम गरेर अदालतमा मुद्दा दायर गर्न जिल्ला अदालत काठमाडौँलाई राय दिएको छ ।

गत साउा २ गते भएको ६१ किलो सुन तस्करी प्रकरणमा सीआईबीले ५० जनालाई प्रतिवादी बनाएको उल्लेख गरेको छ । सीआईबी सुन प्रकरणमा हालसम्म  ३२ जना पक्राउ परिसकेका छन् भने १८ जना फरार रहेका छन् ।

पक्राउ पर्नेमा २३ जना नेपाली र ९ जना विदेशी पक्राउ परेका हुन् । फरार १८ मध्ये १४ जना विदेशी छन् भने ४ जना नेपाली रहेका छन् ।

गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङ्कङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई दिएको थियो ।

ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो । सुन अहिले राष्ट्र बैंकको संरक्षणमा छ ।

Advertisment