काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीले सर्वसाधारणमा जारी गरेको आईपीओ बुधबार सूचीकृत गरेको हो ।
नेप्सेका अनुुसार सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी समेत) मा जारी गरेको ४ करोड कित्ता शेयर सूचीकृत गरेको हो । नेप्सेमा कम्पनीको सिम्बोल आरएनएलआइ रहेको छ ।
नेप्सेले कम्पनीको आईपीओको ओपन रेञ्ज न्यूनतम १६२ रुपैयाँ २९ पैसा देखि अधिकतम ४८६ रुपैयाँ ८७ पैसा तोकेको छ । कम्पनीको आईपीओ आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Advertisment