Below Menu
Below Menu

प्रतितोला आठ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

प्रतितोला आठ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको हो । त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

Advertisment