काठमाडौं : जगदम्बा स्पिनिङ मिल्सले सञ्चालन गरेको जब रेडिनेश ओरिन्टेसन र स्क्रिनिङ कार्यक्रममा ३० महिलाले नाम निकालेका छन् । युएसआइडी नेपाल र वीनरक इन्टरनेशनलको आर्थिक तथा प्रबिधिक सहयोगमा नेपाल धागो उत्पादन संघले माइती नेपाल भैरहवा शाखा को समन्वयमा सोमबार जगदम्बा स्पिनिङ मिल्सको हलमा सञ्चालन गरेको हो कार्यक्रममा ६५ जना महिला सहभागी भएका थिए ।
कार्यक्रममा सहभागीमध्ये ३० जना महिलाहरुले नाम निकाल्न सफल भएका छन् । जसमध्ये २० जना महिलाहरुले सोही दिनदेखिनै जगदम्बा स्पिनिङ मिल्स भैरहवामा काम सुरु गरेका छन ।
पाँचवटा धागो उत्पादक कम्पनीहरुको संगठनका रुपमा रहेको यो संघमा रिलायन्स स्पिनिङ मिल्स, जय स्पिनिङ मिल्स, त्रिवेणी स्पिनिङ मिल्स, जगदम्बा स्पिनिङ मिल्स र त्रिकोट इन्डष्ट्रिज सदस्य रहेका छन् । यी कम्पनीहरुले वार्षिक रुपमा ११ अर्ब रुपैयाँ भन्दा बढिको धागो र कपडाहरुको निर्यात गर्दै आएका छन् ।
नेपाल धागो उत्पादन संघ अधक्ष पवन कुमार गोल्यानका अनुसार अब एक वर्ष भित्र ३ हजार ५५० जना धागो सम्बन्धीत दक्ष कामदार उत्पादन गर्ने योजना रहेको छ । संघका अनुसार निर्धारित समयमा लक्ष्य बमोजिमका दक्ष कामदारहरु प्रशिक्षित तथा रोजगार गरिसक्ने योजना बनेको छ ।
संघका परियोजना संयोजक मनोज कुमार सुनुवारले धागो कम्पनीहरुले आफ्ना कामदारलाई नेपाल लेबर ऐन २०७४ का अनुसार सेवा सुबिधा ,आवास ब्यवस्थाको साथ–साथै कामदारहरुको सुरक्षानीति पनि अपनाइएको हुनाले कार्यक्षेत्र भित्र कुनै किसिमको हिंसा हुन नदिन बताए । साथै सो कार्यक्रमले सिपको पनि विकास गर्दै आत्मनिर्भर बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको उनले बताए छ ।
वीन रक इन्टरनेशनलका दुर्गामनी न्यौपानेले रोजगारीले महिलाहरुको जिबनमा आर्थिक परिवर्तन ल्याउन सघाउ पुर्याउने विश्वास व्यक्त गरे । सन् १०९९७ मा गठन भएको यो संस्था धागो उत्पादक कम्पनीहरुको छाता संस्था हो । जसले धागो उत्पादन गरिरहेका कम्पनीहरुको विस्तार र निर्यात क्षमता अभिवृद्धिमा रहेर काम गर्दै आएको छ ।
Advertisment