Below Menu
Below Menu

उद्योग मन्त्रालयमा पाँच सहसचिव हेरफेर दुई जनाको पदस्थापन

उद्योग मन्त्रालयमा पाँच सहसचिव हेरफेर दुई जनाको पदस्थापन

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ५ जना सह सचिवको कार्य विभाजन हेरफेर तथा २ जना महानिर्देशकको पदस्थापन गरेको छ ।

निजामती सेवा ऐन, २०४९ को दफा १५ बमोजिम  २५ भदौ २०८० को मन्त्रीस्तरीय निर्णयानुसार ५ जना सह सचिवको कार्य विभाजन हेरफेर तथा २ जना महानिर्देशकको पदस्थापन गरिएको हो ।

वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागमा सह सचिव तिर्थ चिलुवाललाई पदस्थापन गरिएको छ । यस अघि चिलुवाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तर्गत थिए । त्यसैगरी कम्पनी रजिष्टारको कार्यालयको रजिष्टारमा सह सचिव दिवस आचार्यलाई पदस्थापन गरिएको छ । यस अघि आचार्य राष्ट्रिय सुचना आयोगमा थिए ।

वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई मन्त्रालयको आपूर्ती व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखामा सरुवा गरिएको छ ।

मन्त्रालयका सहसचिव यज्ञराज कोईरालालाई  प्रशासन तथा संस्थान महाशाखा, सहसचिव लीला प्रसाद शर्मालाई बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखा, सह सचिव गोविन्द बहादुर कार्कीलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखा, सहसचिव जीवलाल भुसाललाई औधोगिक तथा लगानी प्रवद्र्धन महाशाखाको कामकाज तोकिएको छ ।

कोईराला औधोगिक तथा लगानी प्रवद्र्धन, शर्मा प्रशासन तथा संस्थान, कार्की  बहुपक्षीय व्यापार तथा व्यापार सहायता तथा भुसाल योजना अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारीमा थिए । त्यसैगरी १९ जना उप सचिवहरुको समेत सरुवा तथा शाखागत जिम्मेवारी हेरफेर गरिएको छ ।

Advertisment