काठमाडौं : लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। सोमबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो।
साथै इन्स्योरेन्सको सो बैठकले आव २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब किताब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरु छलफल गरी स्वीकृतीको लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय पनि गरेको छ।
Advertisment