नयाँ दिल्ली : टमाटरको उचित मूल्य नपाएको भन्दै भारतीय किसानहरु सडकमै टमाटार फ्याँक्न बाध्य भएका छन् । गत असारमा प्रतिकिलो २५० रुपैयाँमा बिक्री हुने टमाटर अहिले खुद्रा बजारमा १० देखि १५ रुपैयाँमा झरेको छ । मूल्य घटेपछि उत्पादन लागत र श्रम धान्न नसकेपछि किसान मारमा परेका छन् ।
योसँगै यसको थोक मूल्य प्रतिकिलो ४ देखि ५ रुपैयाँमा झरेको किसानहरु बताउँछन् । लागत, भाडा र ज्याला समेत धान्न नसकेको किसान बताउँछन् । त्यसैले बजारमा नपुगेका टमाटर किसानले फ्याँकिरहेका छन् । बजारमा व्यापारी पनि निकै कम आउने गरेका छन् ।
निर्यात बढाउन सरकारसँग माग
सरकारले टमाटरको निर्यात बढाउनु पर्ने किसानको माग छ । भारतबाट टमाटर बंगलादेश, नेपाल, संयुक्त अरब इमिरेट्स (युएई), कतार, साउदी अरेबिया, ओमानलगायत धेरै देशहरूमा जाने गर्दछ। निर्यात बढेसँगै किसानले उचित मूल्य पाउने अपेक्षा गरिएको छ ।
सरकारले बाहिरी देशबाट टमाटर निर्उात गर्न थालेपछि टमाटरको मूल्य घट्नेको किसानको गुनासो छ । अहिले देशमा बाढीको अवस्था नरहेकोले तरकारीमा क्षति पुगेको छैन भने टमाटरको नयाँ बाली पनि आएको छ । यसले गर्द पनि टमाटरको मूल्य घटेको हो । यसका साथै सरकारले नेपालबाट टमाटर आयात गर्दा पनि मूल्य घटेको किसानको भनाई छ ।
गत साउ महिनामा टमाटरको भाउ २ सय ५० रुपैयाँ पुगेको थियो । यसअघि असारमा देशैभर परेको अविरल वर्षाका कारण टमाटरको आवक घटेपछि साउन–अगस्टमा यसको मूल्य प्रतिकिलो २ सय ५० रुपैयाँ पुगेको थियो । चर्को मूल्यमा टमाटर बेचेर पनि धेरै किसान करोडपति बनेका थिए ।
नेशनल हर्टिकल्चरल रिसर्च एण्ड डेभलपमेन्ट फाउण्डेशनका अनुसार चीनपछि भारत विश्वको दोस्रो ठूलो टमाटर उत्पादक हो। यसले ७.८९ लाख हेक्टर क्षेत्रफलमा करिब २ करोड टन टमाटर उत्पादन गर्छ जसको औसत उत्पादन प्रति हेक्टर २५.०५ टन हुन्छ । ५६ मिलियन टन उत्पादनका साथ चीन शीर्ष स्थानमा छ ।
सन् २०२१/२२ मा भारतमा २ करोड टनभन्दा बढी टमाटर उत्पादन भएको थियो। यहाँ मुख्यतया दुई प्रकारका टमाटर खेती गरिन्छ । हाइब्रिड र स्थानीय। मध्य प्रदेश देशको सबैभन्दा ठूलो टमाटर उत्पादन गर्ने राज्य हो। त्यसपछि आन्ध्र प्रदेश, कर्नाटक, तमिलनाडु, ओडिशा र गुजरात छन्।
Advertisment