काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ८४ लाख कित्ता बढी बोनस शेयर थपिएको छ । नेप्सेका अनुसार चालु आर्थिक वर्षको भदौ २१ गतेसम्ममा नौं कम्पनीको ८४ लाख ४५ हजार ९७२ दशमलव ५३७८ कित्ता शेयर सूचीकृत भएको हो ।
यस अवधिमा बोनस शेयर सूचीकृत भएका कम्पनीहरुमा हाइड्रोपावर, लघुवित्त र बीमा कम्पनी समेत रहेको छ । सूचीकृत बोनसर शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार यस अवधिमा अरुण काबेली पावर कम्पनीको १० प्रतिशत बोनसपछिको १८ लाख ५५ हजार २११ कित्ता बोनस शेयर सूचीकृत भएको छ भने हिमालयन लघुवित्त वित्तीय संस्थाको ३ लाख कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ११ प्रतिशत बोनस पछिको ३ लाख १६ हजार ९३६ दशमलव ८८५८ कित्ता शेयर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार नेशनल लाइप इन्स्योरेन्सको ८ प्रतिशत बोनसपछिको ३७ लाख १२ हजार ३४५ कित्ता, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको ४.७५ प्रतिशत बोनसपछिको ६७ हजार ३२९ दशमलव ११ कित्ता र एनएमबि लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनसपछिको ६ लाख ५५ हजार ८६२ दशमलव ८६२ कित्ता शेयर सूचीकृत भएको छ ।
त्यसैगरी, यस अवधिमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत बोनसपछिको ११ लाख ८७ हजार ९७७ दशमलव १८ कित्ता, सामुदायिक लघुवित्तको १० प्रतिशत बोनसपछिको एक लाख ३२ हजार कित्ता, प्रभु लाइफको ९.८ प्रतिशत बोनसपछिको १९ लाख ६० हजार कित्ता र जाल्पा सामुदायिक लघुवित्तको १४.२५ प्रतिशत बोनसपछिको २ लाख २८ हजार कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
Advertisment