काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment