Below Menu
Below Menu

प्रतितोला तीन सयले घट्यो सुन 

प्रतितोला तीन सयले घट्यो सुन 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार चार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

Advertisment

थप समाचार