Below Menu
Below Menu

ओरालो लाग्यो सुनचाँदीको मूल्य

ओरालो लाग्यो सुनचाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार सात सय  रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

Advertisment

थप समाचार