Below Menu
Below Menu

सिटिजन्स लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 

सिटिजन्स लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं : सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १५ गतेदेखि सर्वसाधारणमा निष्कासन गरेको आईपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको हो । कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल १४४ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । 

इन्स्योरेन्सले हाल कायम रहेको पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने एक अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको एक करोड १२ लाख ५० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । 

कम्पनीले जारी गर्न लागेको कुल शेयरमा ५ लाख ६२ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ५ लाख ६२ हजार ५ सय  कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले छुट्याइएको छ । बाँकी रहेको ९० लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासनमा ल्याएको शेयरमध्ये ११ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।कम्पनीले जारी गरेको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा १५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । आईपीओ खरिदका लागि लगानी कर्ताले बिक्री प्रबन्धकको वेभसाइट र सि आवस्वा तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।

Advertisment

थप समाचार