काठमाडौं : पेसागत बीमा अभिकर्ता संघमा नयाँ समिति निर्वाचित भएको छ । संघको नयाँ बानेश्वर शाखामा जीवन प्रसाद पोखरेलको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन भएको हो ।
नव निर्वाचित कमिटीको उपाध्यक्षमा रेनु कुमारी शाह, सचिवमा जानकी आचार्य, सह–सचिवमा बिनोद कुमार श्रेष्ठ, कोषाध्यक्षमा मन्जुश्री सिंह मल्ल र सदस्यहरुमा लोकेन्द्र बहादुर मल्ल उषा शाही, खेमनाथ गुरागाइ र हरि प्रसाद सन्जेल निर्वाचित भएका छन् ।
पेसा अभिकर्ता संघ नेपालको केन्द्रिय वरिष्ठ उपाध्यक्ष नारायण दाहालको प्रमुख आतिथ्यतामा उक्त कमिटी गठन भएको हो । सो कार्यक्रममा केन्द्रिय सल्लाहकार बिमल कुमार ढुंगाना, केन्द्रिय सदस्य सरिता दाहाल, नेपाल लाइफ बानेश्वर शाखा प्रबन्धक बसन्त राज कार्कीको उपस्थिति रहेको थियो ।
त्यसैगरी, पेसा अभिकर्ता संघ नेपाल लाइफ बीमक समितिका कोषाध्यक्ष तेजमणी तिमिल्सिना, पेसा अभिकर्ता संघ काठमाडौ शाखाका सचिव जीवन बास्कोटा लगायतको समेत उपस्थिति रहेको थियो ।
Advertisment