Below Menu
Below Menu

हिमाल आरोहणका लागि ६५ नागरिकले लिए अनुमति, ७३ लाखबढी रोयल्टी संकलन 

हिमाल आरोहणका लागि ६५ नागरिकले लिए अनुमति, ७३ लाखबढी रोयल्टी संकलन 

काठमाडौं : यस वर्षको पर्वतारोहणको सिजन शुरुभएसँगै विभिन्न देशका पर्यटकहरुले हिमाल आरोहणका लागि अनुमति लिन थालेका छन् । वर्षा ऋतु सकिन लागेसँगै शरद ऋतु शुरु हुने भएको छ । यो सिजनलाई पर्वतारोहणको सिजनका रुपमा पनि लिइन्छ ।

पर्यटन विभागका अनुसार यस अवधिमा हिमाल आरोहणका लागि ६५ जनाले अनुमति लिएका छन् । चालु आर्थिक वर्षको भदौ महिनामा दुई हिमाल आरोहणका लागि २० देशका ६५ नागरिकले अनुमति लिएका हुन् । जसमा ५७ पुरुष र ८ महिला रहेका छन् ।

विभागका अनुसार यस अवधिमा हिमाल आरोहणका लागि अनुमति लिएका सात टिमबाट ७३ लाख ६० हजार ८५० रुपैयाँ रोयल्टी संकलन भएको छ । जसमा मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका ६१ जनाबाट ७२ लाख ५५ हजार रुपैयाँ र रक्सा उराई हिमाल आरोहणका लागि अनुमति लिएका ४ जनाबाट एक लाख ५ हजार रुपैयाँ रोयल्टी संकलन भएको हो ।

यस अवधिमा हिमाल आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा बढी रसियाका नागरिक रहेका छन् । रसियाका १२ नागरिकले यो सिजनमा हिमाल आरोहणका लगि अनुमति लिएका हुन् । त्यसैगरी, स्वीजरल्याण्डमा ५ जना, क्यानडा र चीनका ६÷६ जना र अन्य देशका नागरिकहरु रहेका छन् । 
 

Advertisment

थप समाचार