Below Menu
Below Menu

सेजन अध्यक्षमा सुजन ओली विजयी, यस्तो छ नयाँ कार्यसमिति

सेजन अध्यक्षमा सुजन ओली विजयी, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौं : आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरूको छाता संगठन नेपाल आर्थिक पत्रकार समाज (सेजन) अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन्। सेजनको शनिबार सप्पन्न २५औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो। ओली यस अघि उपाध्यक्ष थिए ।

ओलीले ९९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी शिरोमणि ढुंगानाले ९६ मत प्राप्त गरे। अर्का प्रतिस्पर्धी सरस्वती ढकालले ५६ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा विनय बन्जारा निर्वाचित भए। बन्जाराले १३५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी भागतव भट्टराईले ११५ मत ल्याएका थिए । 

महासचिवमा विश्वास रेग्मी यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। त्यस्तै सचिवमा सोभित थपलिया र कोषाध्यक्षमा अच्युत पुरी निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यमा केशु लामिछाने, हेमन्तराज जोशी, वसन्तराज उप्रेती, ममता थापा र छवि सापकोटा निर्वाचित भएका छन्। निर्वाचनमा कूल दुई सय ७१ मतमध्ये दुई सय ५२ मत खसेको थियो।

Advertisment

थप समाचार