Below Menu
Below Menu

अर्थतन्त्र क्रमश: सुधार हुँदैछ : अध्यक्ष ढकाल

अर्थतन्त्र क्रमश: सुधार हुँदैछ : अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र क्रमशः सुधार हुँदै गएकाे दाबी गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) काे २४औं वार्षिक साधारणसभामा बाेल्दै ढकालले भने, `पर्यटन आगमन र रेमिट्यान्स बढ्दै गएकाे छ । बैंकहरुमा निक्षेप पनि क्रमश: बढ्दै छ । यसले अर्थतन्त्रमा सुधारको संकेत गर्दछ ।´

सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेसँगै अर्थतन्त्र थप चलायमान हुनेकाे निजीक्षेत्र आशावादी रहेकाे ढकालको भनाइ थियाे । अर्थतन्त्र सुधारको लागि निजी क्षेत्र दिएकाे सुुझावकाे सरकारले वेवास्ता गरेकाे समेत ढकालले बताए । सरकारी निकायहरुबीच काेअडिनेशन नहुँदा पनि अर्थतन्त्रमा समस्या देखिएकाे उनकाे भनाइ थियाे ।

निजी क्षेत्रले भाेग्दै आएकाे समस्याकाे मुख्य कारण सरकारी निकायबीचकाे काेअडिनेशन रहेकाे बताए ।

Advertisment

थप समाचार