Below Menu
Below Menu

सेजनमा चुनावी महासंग्राम: पाँच पदका लागि १७ जना भिड्दै, कसले मार्ला बाजी?

सेजनमा चुनावी महासंग्राम: पाँच पदका लागि १७ जना भिड्दै, कसले मार्ला बाजी?

काठमाडौं : नेपाल आर्थिक पत्रकार समाज (सेजन)मा निर्वाचन महासंग्राम सुरु भएको छ। भोली शनिबार हुने निर्वाचनमा ५ पदका लागि १७ जनाले उम्मेदवारी दिएका छन् । ६ पदका लागि हुने निर्वाचनमा महासचिव भने निर्विरोध निर्वाचित भएका छन्। महासचिवमा विश्वास रेग्मी निर्विरोध भएका हुन्।
 
शनिबार हुने निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र पाँच सदस्यका लागि मतदान हुँदैछ । अध्यक्ष पदका लागि तीन जना, उपाध्यक्षका लागि दुई जना, सचिवका लागि तीन जना, कोषाध्यक्षका लागि २ जना र सदस्यका लागि ७ जनाले उम्मेदवारी परेको छ।

अध्यक्षमा सरस्वती ढकाल, सुजन ओली र शिरोमणी ढुंगाना बीच प्रतिस्पर्धा हुँदैछ। यस्तै, उपाध्यक्षमा भागवत भट्टराई र बिनय बन्जरा बीच प्रतिस्पर्धा हुँदैछ । सचिवमा मुना कुँवर, रञ्जु काफ्ले र सोभित थपलिया रहेका छन् भने कोषाध्यक्षमा अच्युत पुरी र कमला अर्याल बीच प्रतिस्पर्धा हुने पक्का भएको छ।

यस्तै सदस्यहरुमा केशु लामिछाने, कौशिला कुँवर, छवि सापकोटा, पवन तिमल्सिना, ममता थापा, वसन्तराज उप्रेती र हेमन्तराज जोशी बीच भिडन्त हुनेछ।

Advertisment

थप समाचार