काठमाडौं : नेपाल आर्थिक पत्रकार समाज (सेजन)को महासचिवमा विश्वास रेग्मी निर्विरोध निर्वाचित भएका छन् । सेजनको २५औं वार्षिक साधारण सभा तथा अधिवेशन भदौ १६ (शनिबार) हुँदैछ।
भोली हुने निर्वाचनको लागि आज मनोनयन दर्ता गर्ने कार्यतालिका थियो । निर्वाचन समितिले तोकेको समय (१ बजेदेखि ३ बजेसम्म) मा महासचिवमा रेग्मीको मात्रै उम्मेदवारी परेपछि उनी निर्वारोध निर्वाचित भएका हुन् । रेग्मी गोरखापत्र दैनिकमा कार्यरत छन् ।
अन्य पदको लागि भने भोली दिउँसो १२ बजेदेखि ४ बजेसम्म मतदान हुनेछ ।
Advertisment