काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment