काठमाडौं : काठमाडौँ महानगरपालिकाले बिहिबार सार्वजनिक बिदा दिने भएको छ । ुधबार एक सूचना जारी गर्दै महानगरले भदौ १५ गते सापारु र रोपाइँ जात्रा समेत मनाउने प्रचलन अनुसार महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
महानगरद्वारा जारी सूचनामा भनिएको छ, ‘काठमाडौँ महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भाद्र १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भाद्र १५ गते शुक्रवारका दिनमा सापारु र रोपाइँ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमृत सम्पदाको संरक्षण गर्न संवत् २०६० भाद्र १५ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’।
Advertisment