Below Menu
Below Menu

भ्रष्टाचार आरोपमा बोदेबर्साइन नगरपालिकाका प्रमुखसहित आठ जनाविरुद्ध मुद्दा दायर  

भ्रष्टाचार आरोपमा बोदेबर्साइन नगरपालिकाका प्रमुखसहित आठ जनाविरुद्ध मुद्दा दायर  

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा बोदेबर्साइन नगरपालिकाका नगर प्रमुखसहित आठ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सप्तरीको बोदेबर्साइन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, वडा अध्यक्षसमेत गरी आठ जना विरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार उक्त नगरपालिकाबाट आव २०७७/०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि बजेट विनियोजन गरेको थियो ।

विनियोजन गरेको रकमले नगरपालिकाले माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरी सोही नगरपालिकाकोवडा नं. ६ फुलकाहीमा कार्यक्रम संचालन गरेकोमा झुट्टा बिल बनाई भ्रष्टाचार गरेको भन्ने उजुरी आयोगमा परेको थियो । 

सोही आधारमा अनुसन्धान गर्दा नगरपालिकाका पशु विकास अधिकृत अर्जुन प्रसाद यादवले सो परियोजना अन्तर्गत सञ्चालन भएको कार्यक्रमको संयोजकको जिम्मेवारीमा रही कार्यक्रमको लागत अनुमान तयार गरी सम्झौता गरेको, झुठ्ठा बिल भरपाई बनाउने कार्यमा संलग्न रहेको आयोगको भनाई छ ।

यसका साथै उनले स्थलगत अनुगमन र योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन पेश गरी संचालन  नै नभएको कार्यक्रमलाई सम्पन्न भएको भनी टिप्पणी आदेश तयार एवं निर्णयार्थ पेश गरी १४ लाख ७१ हजार ९२१ रुपैयाँ माँ जगदम्बा कृषक समूहको खातामा भुक्तानी दिएको आयोगको ठहर छ । 

उनीहरु विरुद्ध जनही १४ लाख ७१ हजार ९२१ रुपैयाँ बराबरको विगो कायम गरी कैद र जरिवाना समेतको मागदाबी गर्दै आयोगले बुधबार विशेष अदालत काठमडौंमा मुद्दा दायर गरेको हो । 
 

Advertisment

थप समाचार