काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिले इन्स्योरेन्सको शेयर कारोबार सम्बन्धी सम्पूर्ण अभिलेख राख्न उक्त क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
जस अनुसार कम्पनीको शेयर कारोबार सम्बन्धी अधिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कामहरु अब नेपाल एसबिआई मर्चेन्ट बैंकिङ मार्फत हुनेछन् ।
Advertisment